२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन पूर्व महामन्त्री ढकालको अनुरोध 

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १२:०९
रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन पूर्व महामन्त्री ढकालको अनुरोध 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेलाई पार्टीभित्र बसिरहन नैतिकताले नदिने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन समेत अनुरोध गरेका छन् । 

ढकालले आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई अनुरोध गरेका हुन् ।

यस्तो छ ढकालले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस 

प्रिय रास्वपा मित्रहरू !

हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईँहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन ।

ADVADV

सम्बन्धित खबर

Advertise