२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

स्वदेश फर्किए पुलिस क्लबका महिला भलिबल खेलाडी, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १२:३३
स्वदेश फर्किए पुलिस क्लबका महिला भलिबल खेलाडी, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

काठमाडौँ : माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ । 

पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गर्दै उपाधि जितेको थियो । ६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । 

विजेता टोलीलाई प्रहरीका अधिकृतहरूले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरे । साथै खेलाडीहरूलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्‍याइएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise