२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरू सडकमा

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १२:४३
रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरू सडकमा

काठमाडौँ : पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरू प्रदर्शनमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरू पनि प्रदर्शनमा उत्रिएका हुन् । 

रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडी शहिदचोकमा प्रदर्शन गरिरहेका छन् । सोही ठाउँमा सहकारी पीडितहरू पनि नाराबाजीसहित उपस्थित छन् ।

पीडितहरूले आफ्नो पीडामा सहयोग गर्नुको सट्टा पीडित विरोधी प्रदर्शन गरेको आरोप लगाएका छन् । उनीहरुले रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् ।

रविले गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोप पीडितहरूको छ । पीडितहरूले प्रशासन कार्यालयको गेट अगाडी प्रदर्शन गरेका हुन् । पीडितले रवि पक्राउको माग गर्दा रविका समर्थकहरूले कुनै हालतमा पक्राउ गर्न नहुने चेतावनी दिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise