२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

प्रस्तावित राजदूत भट्टराईले उपलब्ध गराउन सकेनन् शैक्षिक प्रमाणपत्र 

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १५:१२
प्रस्तावित राजदूत भट्टराईले उपलब्ध गराउन सकेनन् शैक्षिक प्रमाणपत्र 

काठमाडौँ :  श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । 

प्रस्तावित राजदूत भट्टराईका थप कागजपत्रहरू उपलब्ध हुन नसकेको र सांसदहरूको सङ्ख्या अपुग भएपछि मंगलवारसम्मका लागि स्थगित भएको हो । 

प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो । यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।  

भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise