२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १६:०६
छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोरखा मिडिया प्रा.लि.का पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो ।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise