२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’

Nada
२०८१ असोज ७ गते १७:१९
Shares
‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’

ललितपुर : ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको आज यहाँ आयोजित ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  कार्यक्रममा उनले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ललितपुर महानगर अब्बल रहेको र  आगामी दिनमा सबै किसिमका परीक्षामा यहाँका विद्यालय र विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे।

ncell

“ललितपुर महानगरलाई शिक्षाको हब भनिन्छ, यहाँ शैक्षिक संस्थाहरूले उत्कृष्टता हासिल गर्दै आएका छन्, तपाईंहरूको मेहनतलाई हामी कदर गर्छौँ, एसइईको परीक्षामा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई रु. दुई लाख र सामुदायिक विद्यालयलाई रु. चार लाख उपलब्ध गराउने कार्यविधि तय भएको छ, सोही अनुसार उत्कृष्टता हासिल गर्न क्रियाशील विद्यालयको, भौतिक पूर्वाधारमा पनि थप जोड दिन्छौँ”, महानगर प्रमुख महर्जनले भने। उनले महानगरमा रहेका ४० वटा सामुदायिक विद्यालयलाई प्रत्येक वर्ष नगर स्तरीय एक वटा योजना दिइएको बताए। 

वडा नं १३ का अध्यक्ष गणेश केसीले विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनका लागि वडा तहबाट सबै किसिमको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। प्रधानाध्यापक पुष्पराज जोशीले संस्कृति र संस्कार सिकाउँदै चरित्रवान् नागरिक उत्पादनका लागि विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानसमेत दिने गरिएको बताए। उनले विद्यालयमा दिन प्रतिदिन विद्यार्थी सङ्ख्या बढ्दै गइरहेको अवस्थामा कक्षाकोठा तथा भौतिक संरचना अपर्याप्त रहेकाले यसका लागि आवश्यक व्यवस्थापन गरिदिन महानगर प्रमुखसमक्ष आग्रह गरे।

ताजा खबर

सम्बन्धित खबर