२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

मेलम्ची भ्रष्टाचार : दोषी ठहरिएकाहरुलाई आठ वर्ष कैदको फैसला

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १९:३१
मेलम्ची भ्रष्टाचार : दोषी ठहरिएकाहरुलाई आठ वर्ष कैदको फैसला

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय तोकिएको छ । यस्तै उनबाट २० करोड ४१ लाख असुल गर्ने फैसला भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरूतेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अख्तियारले दाबी गरेको १० करोड १० लाख ६१ हजार ७५ हजार बिगो कायम गरी बिगो बराबर जरिवानासमेत हुने फैसला गरेको छ ।

यसैगरी, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलबाट पनि ठाकुरसरह २० करोड ४१ लाख असुलसहित आठ वर्ष एक महिना कैद हुने फैसला भएको छ ।

विशेष अदालतले परामर्शदाता शिवकुमार शर्मालाई आठ वर्ष कैद र २ करोड ९५ लाख रुपैंया विगो सजाय सुनाएको छ । तर उनी ६५ वर्ष नाघेको देखिएको भन्दै विशेष अदालतले दुई वर्ष कैद छुट दिई छ वर्ष मात्रै कैद बस्नुपर्ने फैसला गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise