कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा मदरसा शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मुस्लिम बालबालिकाको अवस्था, मदरसाको भौतिक संरचना र बालबालिकाको मदरसामा पहुँचबारे बृहत् अन्तरक्रिया भएको थियो । संगठनका अध्यक्ष अकरम पठानले मदरसा शिक्षा मुलप्रवाहीकरणमा नआउनुका कारण धेरै समस्या सिर्जना भएको बताए ।
विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी (थारू) ले मुस्लिम समुदाय र बालबालिकाका लागि गाउँपालिकाले धेरै सहयोग गरेको उल्लेख गर्दै मदरसा व्यवस्थापनका लागि बजेट पनि विनियोजन गरेको बताइन् । उक्त कार्यक्रम राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा नं ७ का अध्यक्ष दिनेश कुमार चौधरी, वडा नं ५ का अध्यक्ष अनवर खान, समाजसेवीहरु बृज राज चौधरी, रफीक खान, विजय चौधरी, अली हसन खाँ, कम्मा खानलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मदरसा शिक्षाको वकालत गर्दै मौलाना अब्बास अली, मौलाना अकरम, मौलाना सद्दाम हुसैन मन्सूरी, र मौलाना अखलख अन्सारीले पनि आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन मौलाना मुजिब उर्रहमानले गरेका थिए भने कार्यक्रममा विद्यार्थी, अभिभावक र अन्य अतिथिहरूको पनि उपस्थिति थियो ।