२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एनआरएनए साउदीद्वारा पूर्वी प्रान्तमा दूतावासको सम्पर्क कार्यालय राख्न माग

Nada
अन्जान गुभाजु
२०८१ असोज ८ गते ०७:४४
Shares
एनआरएनए साउदीद्वारा पूर्वी प्रान्तमा दूतावासको सम्पर्क कार्यालय राख्न माग

साउदी अरब : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले साउदी अरबको पूर्वी प्रान्तमा रहेको बाक्लो नेपाली जनसंख्यालाई लक्षित गर्दै नेपाली वाणिज्य दूतावास वा कम्तीमा एक जना कूटनीतिक कर्मचारीसहितको सम्पर्क कार्यालय स्थापना गर्न परराष्ट्र मन्त्रालयलाई औपचारिक निवेदन दिएको छ ।

ncell

पूर्वी प्रान्त, विशेषगरी दम्माम र आसपासका क्षेत्रमा हजारौं नेपाली श्रमिकहरू कार्यरत छन् । उनीहरूलाई सहज कूटनीतिक सेवा र सहयोग प्रदान गर्न यस्तो कार्यालयको आवश्यकता रहेको संघले बताएको छ ।

यो निवेदन नेपाली राजदूतावास रियाद तथा महावाणिज्य दूतावास जेद्धामार्फत प्रस्तुत गरिएको हो । नेपाली राजदूतावास रियादद्वारा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विशेष कार्यक्रममा संघका प्रमुख सल्लाहकार, सल्लाहकार, प्रमुख संरक्षक, संरक्षक, संस्थापक महासचिव, क्षेत्रीय समन्वय समितिहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरूले सामूहिक रूपमा यो निवेदन कार्यवाहक राजदूत डा. डमरु वल्लभ पौडेललाई बुझाएका थिए ।

संघले यस कदमले पूर्वी प्रान्त दम्माम, जुबेल, खोबार, अलहासा, होप्रुप, रैमा आसपास रहेका नेपालीहरूको समस्यामा छिटो र प्रभावकारीरूपमा समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर