२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

जिल्ला प्रशासन कार्यालय रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रदान

ADV
कृष्ण तिवारी
२०८१ असोज ८ गते १३:४३
जिल्ला प्रशासन कार्यालय रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रदान

रौतहट : जिल्ला प्रशासन कार्यालयल रौतहटले साेमबार पहिलो पटक एक जनालाई गैरआवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरकाे छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जर्मन नागरिक फकरुदिन अलिअहमद शेखलाई प्रचलित कानूनबमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको बताए ।

जर्मन नागरिक शेखले हालको गढिमाई नगरपालिका वडा नम्बर ३ साविक गम्हरिया पर्सा गाविस वडा नम्बर ५ को ठेगानामा जन्मस्थान उल्लेख गरी गैरआवासीय नागरिकता लिएका छन् । आवश्यक कागजात उपब्ध गराएको दिन नै आफूलाई नागरिकता प्रमाण पत्र प्रदान गरिएको भन्दै फकरुदिनले खुसी व्यक्त गरे ।

नागरिकतामा बुबाको नाम शेख नेक महमद र आमाको नाम शेहरा खातुन उल्लेख छ । उनले ईस्वी सम्वत् २०१८/०२/२३ मा जर्मनीको नागरिकता लिएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise