२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

सडक प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईंका समर्थक, रिहाइ गर्नुपर्ने माग

ADV
मध्यान्ह
२०८१ असोज ८ गते १४:०७
सडक प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईंका समर्थक, रिहाइ गर्नुपर्ने माग

काठमाडौं : साइबर अपराध आरोपमा अनुसन्धानका लागि पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । 

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रसाईंलाई रिहा गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । स्वास्थ्यको कारण देखाउदै अहिले उनी वीर अस्पतालमा भर्ना भएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise