२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न पोखरा जाँदै सीआईबीको टोली

Nada
२०८१ असोज ८ गते १५:१३
Shares
सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न पोखरा जाँदै सीआईबीको टोली

काठमाडौँ : सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पोखरा जान लागेको छ । सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबी टोली पोखरा जान लागेको हो । 

ncell

यसअघि पनि सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोलीले सहयोग गरेको थियो । सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीको रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको थियो ।

समितिले रकम अपचलनको आरोपमा पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वसाझेदार छविलाल जोशी, रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने, गोर्खा मिडियाका सञ्चालक जीवी राई, कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर