२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

Nada
२०८१ असोज ८ गते १६:५५
Shares
दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

दाङ : सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्ट ट्रेडिङ  कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

ncell

यस वर्ष चामल, नुन र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रडिङ कर्पोरेशन घोराहीले जनाएको छ । चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् । संघीय सरकारको निर्णय अनुसार दाङमा यही असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

घोराही उपमहानगरपालिका-१८ की सीता चौधरीले घोराहीमा खुलेको सुपथ पसलमा सामान किन्दा प्रतिकिलो रु. पाँच सस्तो पाएको बताइन् । “ज्याला मजदुरी गरेर खाने मान्छेलाई एक दुई रुपैयाँ सस्तो पाउँदा पनि खुसी लाग्ने रहेछ”, उनले भनिन् “प्रत्येक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसलमा सामान किन्न आउने गरेको छु ।” पसलमा नुन, चिनी मात्रै राख्ने गरेकामा अन्य उपभोग्य सामग्री पनि राख्न उनको सुझाव छ ।

साल्ट ट्रेडिङका ‘आउटलेट’बाट नुनमा प्रतिकेजी रु. दुई, चिनीमा रु पाँच, तेलमा रु. सात, चिउरामा रु. सात, पिठो र मैदामा पनि रु. सात छुट दिइरहेको घोराहीका प्रमुख रामबाबु प्रसाद गुप्ताले जानकारी दिए । तुलसीपुरमा सञ्चालित सुपथ मूल्य पसलमा चामल बिक्रीका लागि राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सहुलियत पसलमा ‘स्टिम’ जिरा मन्सुली र अरुवा मन्सुली चामल बिक्रीका लागि राखेको छ । सुपथ मूल्य पसलबाट यो वर्ष एक हजार सात सय ५० क्विन्टल चामल बिक्री गर्ने कोटा पाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए ।

उनका अनुसार यही असोज ६ गतेबाट सञ्चालन भएको सहुलियत मूल्यको पसल माघ २ गतेसम्म चल्नेछ । प्रति केजी पाँच रुपैयाँ सहुलियतमा सुपथ मूल्यको पसलबाट चामल बिक्री भएको उनले बताए । स्टिम जिरा मसिनो चामल रु. दुई हजार एक सय २५ मा तथा अरुवा मन्सुली चामल रु. एक हजार पाँच सयमा बिक्री भएको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर