२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

म्याग्दीको विकट गाउँमा रहेको एक विद्यालयलाई मोना कतारद्वारा शैक्षिक सामग्री हस्तान्तरण

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ८ गते २१:५१
म्याग्दीको विकट गाउँमा रहेको एक विद्यालयलाई मोना कतारद्वारा शैक्षिक सामग्री हस्तान्तरण

दोहा कतार : म्याग्दी जिल्लाको विकट मानिने चिमखोला पाल्तेखेतको एक विद्यालयका अतिविपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई  म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारले विभिन्न सामग्री सहयोग गरेको छ । 

जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. ७ चिमखोला पाल्तेखेतमा रहेको श्री सिद्ध प्राथमिक विद्यालयका अतिविपन्न तथा जेहेन्दार ८ जना विद्यार्थीहरुलाई १० हजार रुपैयाँ बराबरको  झोला, कापी, कलम,पेन्सिल, इरेजर लगायतका सामग्री एक कार्यक्रमकाबीच सहयोग गरेको हो । 

मोना कतारका रघुगंगा  गाउँपालिका संयोजक नरेन्द्र कुमार दर्जीले उक्त स्कुलको समस्याका बारेमा संस्थामा जानकारीसहित सहयोगका लागि अनुरोध गरेपछि कार्यसमितिको पूर्ण बैठकले निर्णय गरी सहयोग गरिएको मोना कतारका अध्यक्ष राजु पौडेलले बताए ।  उनले सदरमुकामबाट निकै टाढा रहेको उक्त स्थान संस्थागत रूपमा उपस्थित जनाइ सामग्री हस्तान्तरणमा सहयोग गर्नुभएको भन्दै दर्जीको श्रीमती फुलमाया दर्जीलाई समेत आभार व्यक्त गरे । 

मोना कतारले सामाजिक तथा मानवीय क्षेत्रमा प्रवासदेखि जिल्लासम्म सह्रानीय कार्य गरेको सामाजिक सञ्जालमा देखेपछि आफूले दर्जीमार्फत सहयोगको लागि पत्राचार गरेको विद्यालयका भर्खर मात्र निवर्तमान भएका का.वा. प्र.अ. कुमार पुर्जाले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए । 

विद्यालयमा थप अन्य सहयोगको आवश्यकता रहेपनि एउटा कम्प्युटरको अतिआवश्यक परेको हुँदा सहयोगी महानुभावहरू समक्ष उनले सहयोगको याचना समेत गरे । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिता शर्माले मोना कतारलाई हार्दिक आभार व्यक्त गरिन् ।  उनले विदेशमा दुःख गरेर बचाएको रकमले जिल्लाको विकटमा रहेको विद्यालयलाई गरेको सहयोगले विद्यार्थी  पठनपाठनमा सहयोग पुगेको बताइन् । 

ADVADV

सम्बन्धित खबर

Advertise