२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १०:४४
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका  उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो ।

विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise