२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

नेपाल नेत्रयोति संघका अध्यक्ष प्रा.डा. पन्त आईएपीबीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १४:१३
नेपाल नेत्रयोति संघका अध्यक्ष प्रा.डा. पन्त आईएपीबीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

काठमाडौंः नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त इन्टरनेशनल एजेन्सी फोर द प्रीभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी)को बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन् । आईएपीबीको बोर्ड अफ ट्रस्टीको अनलाइनमार्फत सम्पन्न मतदानको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । मतदान प्रक्रियामा आईएपीबीका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरू सहभागि थिए ।

विश्वभरीका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूको छाता संगठनका रूपमा रहेको आईएपीबीले अन्तर्राष्ट्रिय रूपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरू समेत आईएपीबीका सदस्य रहेका छन् ।

नेपाल नेत्रज्योति संघ बिगत एक दशकभन्दा लामो समयदेखि आईएपिबिको सदस्य रहँदै आएको छ । संघ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैर नाफामुलक संस्थाको रूपमा २०३५ साल चैत्र १३ गते स्थापना भइ नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।

संघ नेपालको एक मात्र यस्तो संस्था हो, जसले नेपालका कुल ७७ जिल्लाहरू मध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरू गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरूलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल संघ अन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू संचालनमा छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise