२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १४:२१
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

दाङः दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उनकी छ वर्षीया छोरी सविना साहु घाइते भएकामा दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise