२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

साहारा सहकारीको साढे ३७ करोड हिनामिना, जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

Nada
२०८१ असोज ९ गते १५:३९
Shares
साहारा सहकारीको साढे ३७ करोड हिनामिना, जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं : जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा उनीहरू बिरुद्ध मुद्दा दर्ता भएको हो ।

ncell

प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।

त्यसैगरी गोरखा मिडियामा गएको रकमका हकमा भने अनुसन्धान गर्न बाँकी नै रहेकाले पूरक अभियोजन लैजाने बाटो खुला राखिएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर