२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

क्यानडाको अल्बर्टा प्रान्तको क्यालगरी शहरमा मनाइयो संविधान दिवस

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १६:१८
क्यानडाको अल्बर्टा प्रान्तको क्यालगरी शहरमा मनाइयो संविधान दिवस

काठमाडौं : क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा नेपालको संविधान जारी भएको सेप्टेम्बर १९ का दिन संविधान दिवस मनाइएको छ । इतिहासमै पहिलो पटक क्यालगरी महानगरपालिकाको प्रांगणमा नेपाली झण्डा फहराउँदै संविधान दिवस मनाइएको हो ।

अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्थाहरु एनसीएससी, सीएनसीए एवम् गैरआवासिय नेपाली संघ क्यानडा समेत मुख्य आयोजक र क्यालगरीस्थित अन्य स्थानीय संस्थाहरु समेतको संयुक्त आयोजना र सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा ज्येष्ठ नागरिकहरु, स्थानीय र प्रान्तीय सरकारका प्रतिनिधिहरु र नेपाली जन समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा आगन्तुकहरुलाई समारोह आयोजक समितिका अध्यक्ष ध्रुव राईले स्वागत गरेका थिए ।

चेम्बरका अध्यक्ष समीर पाण्डेले चेम्बरले सबैसँग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको र भविष्यमा पनि चेम्बरले समूदायमा समन्वय गरेर अगाडि बढ्ने बताए । 

एनसीएससीका अध्यक्ष प्रकाश बस्याल र सीएनसीएका तर्फबाट विनोद केसीले नेपाल दिवसको शुभकामना दिएका थिए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए । चेम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालको झण्डाको सांकेतिक महत्व र महिमाबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टीकल्चरल मन्त्री मोहम्मद यासीन, वडा नं ५ काउन्सीलर राज धालीवाल तथा अल्बर्टा सरकारका प्रतिनिधि ह्याप्पी मानले नेपाल दिवसको शुभकामना दिएका थिए । 

कार्यक्रमको सञ्चालन एनसीएससीका सचिव तथा चेम्बरका सदस्य घनेन्द्र न्यौपानेले गरेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise