२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

चट्याङ लागेर वृद्धको मृत्यु

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १६:४०
चट्याङ लागेर वृद्धको मृत्यु

बाजुराः चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise