२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

सलिसाम कतारको पाँचौं राष्ट्रिय महाधिवेशनलाई संघीय अध्यक्ष कुमार लिङ्देनले सम्बोधन गर्ने

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ९ गते १८:२७
सलिसाम कतारको पाँचौं राष्ट्रिय महाधिवेशनलाई संघीय अध्यक्ष कुमार लिङ्देनले सम्बोधन गर्ने

दोहा, कतार : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल अन्तर्गत संघीय लिम्बूवान सामाजिक मञ्च (सलिसाम) कतारको पाँचौं राष्ट्रिय महाधिवेशन आउँदो शुक्रबार हुने भएको छ । महाधिवेशनलाई सम्बोधन गर्न पहिचानवादी नेता तथा सलोराम नेपालका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक कतार आउने भएका छन् ।

शुक्रबार बिहान साढे ११ बजेबाट दोहाको होलिडे भिल्ला होटेलको सभा हलमा शुरु हुने महाधिवेशनको तयारी लगभग सकिएको मञ्चकी अध्यक्ष रेखा राईले मध्यान्ह दैनिकलाई जानकारी दिइन् । विक्रम संवत् २०६८ सालमा स्थापित सलिसाम कतारले स्थापना कालदेखीनै कतारमा रोजगारीका लागि आएर विभिन्न समस्यामा परेका नेपालीलाई साथ सहयोग गर्दै आएको छ भने नेपालमा आइपरेका भवितव्यमा पनि साथ दिँदै आएको उनले बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise