२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १८:३५
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रसाईंलाई प्रहरीले असोज ६ मा भक्तपुरको थिमीस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो । 

प्रसाईं आफ्नै अभिव्यक्तिका कारण विवादमा आइरहेका व्यक्ति हुन् । पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको नाममा उनले आफैँ संयोजक भएर गष्तिविधि समेत संचालन गर्दै आएका छन् । 

तर यसपटक पक्राउ गरिनुको कारण भने विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको विषय रहेको साइबर ब्यूरोले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise