२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विश्वकपलाई लक्षित गर्दै नारायणले ल्याए ’जय होस् विजय होस्’

ADV
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
विश्वकपलाई लक्षित गर्दै नारायणले ल्याए ’जय होस् विजय होस्’

काठमाडौं : आउँदो जुन २ तारिकदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल पनि सहभागी हुँदैछ । विश्वकपमा नेपालको पनि सहभागिता हुने भएपछि आम नेपालीमा विश्वकप नजिकिएसँगै उत्साह पनि बढ्दै गएको छ । विश्वकपलाई लक्षित गर्दै अहिले धमाधम म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टिमलाई समर्पित गर्दै ‘जय होस् विजय होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण प्रसाद न्यौपानेको स्वर तथा संगीत रहेको उक्त म्युजिक भिडियो कालो कमिला नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।

अनिल कुँवरको शब्द रहेको उक्त गीतलाई दिपक विश्वकर्माले एरेन्ज गरेका हुन् । अडियो ल्याबमा रेकेर्ड गरिएको उक्त गीतको भिडियो मनोज चौधरीले खिचेका हुन् । राम रिमालको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा रत्ननगर कला मन्दिरका कलाकारहरुले अभिनय गरेका छन् भने नेपाली खेलाडीहरुको खेल प्रदर्शनलाई पनि देखाइएको छ ।

आभास रानाको कलर तथा ग्राफिक्स रहेको म्युजिक भिडियोको पोष्ट प्रोडक्सन मितेरी फिल्म्सले गरेको हो । म्युजिक भिडियोले विश्वकपमा नेपाली टिम विजय होस् भन्ने कामना गरेको छ । गीतमा देशमा गतिलो खेलकुद पूर्वाधार नभए पनि खेलाडीहरुको मिहिनेतले नेपालले विश्वकप खेल्न लागेको दर्शाइएको छ ।

https://www.youtube.com/watch?v=dmNegc73kkQ

ADVADV

सम्बन्धित खबर

Advertise