मकवानपुर : मकवानपुर प्रहरीले चार किलो नौ सय ग्राम चरेशसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका, १५ रातोमाटेबाट भारतीय नम्बर प्लेटको कारमा लुकाएर ल्याउदै गरेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो ।
चरेस सहित पक्राउ पर्नेमा भारत बिहारका शिवराज सिंह, ज्ञानीकुमार पासवान र राजु महतो रहेका छन् । बिआर शुन्य एक एफ सात नौ नौ आठ नम्बरको भारतीय कारको एसी भित्र फल्स बटममा लुकाएर वीरगन्जतर्फ लैजाँदै गर्दा चरेस बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले १२ केजी चारसय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–आठका राजकुमार थिङ र दिपेश थिङ रहेका छन् । मकबानपुरवाट मात्रै लागुऔषधको कारोबारमा दुई सय आठ जना पक्राउ परेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies