२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

पुलुमा आँखा शिविर, ३४ जनाको शल्यक्रिया

ADV
प्रेमराज कार्की
२०८१ असोज १० गते ११:२७
पुलुमा आँखा शिविर, ३४ जनाको शल्यक्रिया

मुगु : मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगूम कार्मारोङ गाउँपालिकाकोे पुलमा आँखा शिविर सञ्चालन हुँदा ३४ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको छ ।

मुगूम कार्मारोङ गाउँपालिका, नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुग, हिमालय आँखा अस्पताल घारिपाटन पोखराकोे आयोजनामा र आई केयर फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा विकट मुगूम कार्मारोङ गाउँपालिको पुलुमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

पुलुमा असोज ७ र ८ गते दुई दिनसम्म सञ्चालन भएको शिविरमा ३ सय ९७ जना आँखा बिरामीको चेकजाँच गरिएको र अन्य जटिल ३४ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको डाक्टर सुवाश नेपालले जानकारी दिए । 

उनका अनुसार यस शिविरमा विकट मुगूम कार्मारोङ गाउँपालिकाका स्थानीयलगायत अन्य स्थानीय तहबाट आएका आँखाका बिरामीको पनि चेकजाँच गरिएको छ । मोतियाविन्दु भएका आँखाका बिरामीलाई चस्मा पनि वितरण गरिएको छ ।

आँखाका बिरामी सबैभन्दा बढी ५० बर्षभन्दा माथिका धेरै रहेका र आँखाको हेरचाह राम्रोसँग नगर्ने, धुवा धुलोका कारण पनि आखाँमा समस्या हुने गरेको चिकित्सकले बताएका छन । 

शिविरमा आएका आँखाका बिरामीहरुले घर नजिकै आखाँको उपचार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन । आर्थिक अभावमा रोग पालेर बसेको थिए, तर घर नजिकै शिविर सञ्चालन हुँदा बन्द भएको आँखा खुलेको भन्दै मुगूम कार्मारोङ गाउँपालिकाका-२ का टसी लामाले खुसी व्यक्त गरे ।

पुलुमा भएको निःशुल्क आँखा शिविरमा डाक्टर अन्जु गुरुङको नेतृत्वमा, डाक्टर गोविन्द्र नाथ योगी, डाक्टर सुवास नेपाल, धुव्र बहादुर बुढा थापालगायतका चिकित्सकको टोली पुलुमै पुगेर आँखाको शिविर सञ्चालन गरेका थिए ।

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल घारिपाटन पोखराकोे आयोेजनामा मुगुमा हरेक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दा आर्थिक समस्या भएका मोतियाविन्दुका बिरामीलाई सहज भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise