२०८१ कार्तिक २८ गते बुधवार / Nov 13 , 2024 , Wednesday
२०८१ कार्तिक २८ गते बुधवार

पुंगी खोला मिचेर बनाइएका संरचना हटाउन शुरु

ADV
मध्यान्ह
२०८१ असोज १० गते १२:१८
पुंगी खोला मिचेर बनाइएका संरचना हटाउन शुरु

चितवन : भरतपुर महानगरपालिकाले पुंगी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो ।सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन सहितका संरचना डोजर लगाएर भत्काइएका छन् ।  

महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुंगी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । भदौ २८ गतेको बैठकले पुंगी खोला तथा अन्य स्थानमा अवैधानिक रूपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय भएको थियो । 

महानगर प्रमुख रेनु प्रमुख दाहालले पुंगी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण तथा नगरको शोभा अभिवृद्धि अभियान एक साथ सुरु गरेको बताइन् ।  महानगरको गौरवको योजनामा समावेश भएको पुंगी खोला सिमाङ्कन, संरक्षणको पहिलो चरणअन्तर्गत दुवैतर्फ ३५५ मिटर क्षेत्रमा बोटबिरुवा तथा फूल रोपिनेछ । वृक्षारोपण, फुटरेल, रिटेनिङवाल, रेलिङसहित हिँड्न मिल्नेगरी संरचना निर्माण गरिने उनले जानकारी दिइन् । 
 

ADVADV

सम्बन्धित खबर

Advertise