२०८१ कार्तिक २८ गते बुधवार / Nov 13 , 2024 , Wednesday
२०८१ कार्तिक २८ गते बुधवार

बीआरआईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ : जगन्नाथ खतिवडा

ADV
मध्यान्ह
२०८१ असोज १० गते १२:३३
बीआरआईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ : जगन्नाथ खतिवडा

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा पूर्वसांसद जगन्नाथ खतिवडाले नेपालको आन्तरिक गृहकार्यको अभावका कारण बीआरआई परियोजनाको कार्यान्वयन हुन नसकेको  बताएका छन् ।

‘नयाँ चीन स्थापनाको ७५औं वार्षिकोत्सव’का अवसरमा नेपाल चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन) नेपाली सेवासँगको सहकार्यमा आयोजना गरेको ‘बीआरआई अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष खतिवडाले नेपालले आफ्नो बलियो सर्तसहित यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

चीनले नेपालको स्वाधिनतामाथि आँच आउने कुनै पनि काम नगरेको उल्लेख गर्दै उपाध्यक्ष खतिवडाले बीआरआईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्ने बताए । उपाध्यक्ष खतिवडाले चीनको महत्वकांक्षी तथा विश्वव्यापी परियोजना बीआरआई नेपाल र नेपालीको हितमा रहेकोले यसलाई अविलम्ब कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise