काठमाडौं : जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो ।
सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगितामा तीन अङ्कसहित जोर्डन शीर्ष स्थानमा छ ।
समान तीन अङ्कसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अङ्कबिहिन ताजकिस्तान, श्रीलङ्का र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ । विभिन्न समूहमा विभाजित उक्त छनोट खेलमा ४८ राष्ट्र सहभागी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies