२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह

ADV
मध्यान्ह
२०८१ असोज १० गते १८:००
भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह

काठमाडौं : राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

प्राधिकरणको कमान्ड पाेस्टको बैठकले आजदेखि आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो र अति ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा भोलि ११ गते र पर्सि १२ गते रात्रिबस नचलाउन आग्रह गरेको हो । 

रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय एवम् स्वयंसेवकहरू तयारी अवस्थामा राख्न, आइतबारसम्म अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही 'अलर्ट'मा रहन पनि आग्रह गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise