२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

जीर्णोद्धार हुँदै ललितपुरको तपुपोखरी 

shivam cement
मध्यान्ह
२०८१ असोज ११ गते ११:१६
जीर्णोद्धार हुँदै ललितपुरको तपुपोखरी 

ललितपुर : पितृतर्पण एवम् श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका-५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ।

सोह्रौं शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले बताए।

तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उनले  जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले रु २४ लाख प्रदान गरेको जानकारी दिए। उक्त रकम पर्याप्त नभएको उनले बताएका हुन्।

केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ। पिण्ड विसर्जनका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उपभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ। व्यवस्था गर्दै आएको छ।  

ADV

सम्बन्धित खबर

Advertise