२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि

shivam cement
मध्यान्ह
२०८१ असोज ११ गते ११:२६
शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि

झापाः जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । 

नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा शुरु भएपछि यहाँ प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको हो । नगर अस्पतालमा आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७६ जनाले प्रसूति सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिए । आव २०८०/८१ मा ८३ जनाले सेवा लिएका थिए ।

आमा सुरक्षा नमूना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूति गराउन आउने सङ्ख्या उल्लेख्य वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले बताए । ‘दक्ष जनशक्तिसँगै पूर्वाधार पर्याप्त भएकाले पनि आकर्षण बढ्दै गएको छ’, उनले भने, ‘सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने प्रयास गरिरहेका छौँ, सेवाग्राहीको विश्वास पनि बढिरहेको छ ।’

गत आवमा नगर अस्पतालबाट ७९ हजार आठ सय ६२ जनाले बहिरङ्ग सेवा लिएका थिए भने चालु आवको भदौसम्म १७ हजार तीन सय ३४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । हालै नगर अस्पताललाई सङ्घीय सरकारले रु ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । अस्पतालको सेवाको स्तरवृद्धिका लागि सङ्घीय सरकारले अत्याधुनिक प्रसूति शय्या, इसिजी मेसिन, फोटोथेरापी मेसिन एक–एक थान, बिरामी शय्या नौ थान, एक्स–रे मेसिन एक थान, बिपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सिटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरेको हो ।

नगर अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आवमा रु सात करोड बजेट विनियोजन गरेको उनले बताए । नयाँ भवन सञ्चालनमा आएपछि सेवा विस्तार हुने उनले बताए । अस्पतालमा दुई चिकित्सक अत्यावश्यक रहेकाले मन्त्रालयसँग माग गरिएको नगरप्रमुख गोम्देनले बताए । 

ADV

सम्बन्धित खबर

Advertise