२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

शिक्षा प्रणालीमा असल संस्कारको कमी छ : मुख्यमन्त्री कँडेल

ADV
कुलेन्द्र शाही
२०८१ असोज ११ गते १७:३६
शिक्षा प्रणालीमा असल संस्कारको कमी छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालयले देशलाई आवश्यक पर्ने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । आज शिव माध्यमिक विद्यालय धुलियाबिटको ४०औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले विद्यालयले केवल सिकाउने मात्र नभएर योग्य र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न ध्यान दिनुपर्ने औंल्याए ।

 मुख्यमन्त्री कँडेलले भने, ‘आजको आवश्यकता भनेको प्रतिस्पर्धा गर्न योग्य शिक्षा र राम्रो संस्कार भएको जनशक्ति उत्पादन गर्नु हो ।’ उनले आजको शिक्षा प्रणालीमा असल संस्कारको कमी देखिएको भन्दै यसतर्फ अभिभावक र विद्यालय परिवारको ध्यान जान आवश्यक रहेको बताए । 

उनले विद्यार्थीहरुमा शिक्षासहितको संस्कारको कमी रहेको उल्लेख गर्दै यस विषयमा ध्यान दिन आवश्यक रहेको बताए । कर्णाली प्रदेश सरकार शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सक्रिय रहेको उनको भनाइ छ । मुख्यमन्त्री कँडेलले शिक्षासँग सम्बन्धित सबै सरोकारवालालाई सरकारको कार्यलाई प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise