२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

खुला सत्र सकिएको एक सातामा कोशी प्रदेश समन्वय परिषद् कतारले पायो नयाँ नेतृत्व

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ११ गते १९:११
खुला सत्र सकिएको एक सातामा कोशी प्रदेश समन्वय परिषद् कतारले पायो नयाँ नेतृत्व

दोहा कतार : तेस्रो अधिवेशनको खुला सत्र सकिएको एक सातामा कोशी प्रदेश समन्वय परिषद् कतारले नयाँ नेतृत्व पाएको छ । शुक्रबार बिहानसम्म निर्वाचन समिति, अध्यक्ष पदका आकांक्षीसहित अन्य पदका आकांक्षीहरु र कोशी प्रदेशभित्रका जिल्ला अध्यक्षहरूको लामो छलफल र रस्साकस्सी पछि कोशीले नयाँ नेतृत्व पाएको हो । 

कोशी प्रदेशको आगामी एक कार्यकालका लागि धनकुटाका पदम घिमिरे अध्यक्ष पदमा बहु समर्थनले निर्वाचित भएका छन् ।  कार्यसमितिका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष रुद्र शर्मा (खोटाङ), उपाध्यक्ष भीम बिक (मोसु), उपाध्यक्ष  गोपीकृष्ण अधिकारी (उदयपुर), महिला उपाध्यक्ष लीला राई (पाँचथर), सचिव किरण परियार (झापा) र सहकोषाध्यक्ष सुदिप भित्रीकोटी (ओखलढुंगा) रहेका छन् । 

महासचिवमा पदम सिम्खडा (सङ्खुवासभा) र कोषाध्यक्षमा महेन्द्र उप्रेती (तेह्रथुम) गत हप्ता नै निर्विरोध चयन भएका थिए । त्यस्तै कार्यसमिति सदस्यहरुमा तिला बहादुर खत्री (खोटाङ), सुजन ढकाल (मोरङ), पदम बहादुर श्रेष्ठ (ओखलढुंगा), खेमराज खड्का (धनकुटा), कालेन्द्र राजवंशी (झापा), धन बहादुर गुरुङ (ताप्लेजुङ), दिपक रिमाल (तेह्रथुम), संजिव कटुवाल (उदयपुर), प्रताप मुस्कान (भोजपुर) र शिव कुमार खत्री (संखुवासभा) रहेका छन् । रिक्त रहेको सचिव पद र अन्य केही कार्यसमिति सदस्यहरुलाई कार्यसमितिले मनोनीत गर्नेछ ।

कतारको नियम कानूनलाई शिरोपर गर्दै प्रदेशभित्रका सबै परिषद् सदस्यहरूलाई बोलाएर चुनाव गराउन सम्भव नभएका कारण कोशी प्रदेशमा सहभागी ११ जिल्ला संस्थाका अध्यक्षहरूमार्फत नयाँ नेतृत्व चयन गर्ने सहमतिअनुरूप जिल्ला अध्यक्षले मात्र समर्थनको मत दिएका थिए । प्राप्त समर्थन मतअनुसार अध्यक्षका प्रत्याशी दुर्गा प्याकुरेलले २, गोपाल बस्नेतले ४ जिल्लाको समर्थन पाउँदै गर्दा पदम घिमिरेले ५ जिल्लाको समर्थन पाउँदै नेतृत्वमा पुगेका थिए । ताप्लेजुङ पाथीभरा सेवा समाज कतार तटस्थ बसेको प्रक्रियामा सहभागी एक परिषद् सदस्यले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

तेस्रो अधिवेशनको खुला सत्र गत शुक्रबार फूलबारी रेस्टुरेन्टको सभा हलमा परिषद्का कार्यवाहक अध्यक्ष दुर्गा प्याकुरेलको अध्यक्षता तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनलाई महासचिव निरन नेपालले सहजीकरण गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise