२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

दाङ देउखुरी सेवा समाज कतारले सार्वजनिक गर्‍यो तिज विशेष सांस्कृतिक कार्यक्रमको आयव्यय

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ११ गते २१:०४
दाङ देउखुरी सेवा समाज कतारले सार्वजनिक गर्‍यो तिज विशेष सांस्कृतिक कार्यक्रमको आयव्यय

दोहा कतार : दाङ देउखुरी सेवा समाज कतारले तिज विशेष सांस्कृतिक कार्यक्रम-२०२४ को आयव्यय सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतार अन्तर्गतका जिल्ला संस्थाहरूको सह आयोजना तथा  रोल्पाली सेवा समाज, ठकुरी सहयोग सञ्जाल, परियार मित्रता समाज कतारको विशेष सहयोगमा सेप्टेम्बर ६ तारिक फूलबारी रेस्टुरेन्टको सभा हलमा जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोषको स्थापना सहयोगार्थ आयोजना गरिएको कार्यक्रमको आयव्यय सार्वजनिक गरेको हो । 

बिहीबार साँझ नमस्ते एसिया रेस्टुरेन्टको सभा हलमा समिक्षा तथा आयव्यय सार्वजनिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रममा ३१ हजार २ सय ९९ रियाल आम्दानी गर्दै १६ हजार  ४ सय ९१ रियाल खर्चँदै १४ हजार ८०८ रियाल बचत गरेको जानकारी दिइयो । कार्यक्रममा आम्दानी र खर्चका शीर्षकहरू वाचन गर्दै सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष रण बहादुर केसीले अभियान जारी रहेको र केही रकम अझै उठ्न बाँकी रहेको बताए । 

हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित गायिका रिता केसी सँगै कतारमा रहेका करिब एक दर्जन कलाकारले आफ्ना प्रस्तुति दिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise