२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

युवाहरूको राजनीतिक सक्रियतामा मधेश पहिलो, मतदानमा तेस्रो

ADV
मध्यान्ह
२०८१ असोज ११ गते २१:२७
युवाहरूको राजनीतिक सक्रियतामा मधेश पहिलो, मतदानमा तेस्रो

काठमाडौं : नेपालमा युवाको जनसंख्या करिब ४३ प्रतिशत छ । तर युवाको ठूलो पङ्क्तिले राजनीतिक गतिविधिमा रुची नराख्ने गरेको बिभिन्न अध्ययनले देखाएको छ । 

तथापि, पछिल्लो समय राजनीतिमा युवाहरूको सहभागिता बढ्न थालेको युवा निति सञ्जालले जनाएको छ । 

समयको अन्तरालमा राजनीतिक प्रणाली, आर्थिक क्रियाकलाप र नागरिक भूमिकामा यावत् परिवर्तन हुँदै गर्दा विगतको तुलनामा युवाहरु बढी शिक्षित र जानकार भएका छन् । साथसाथै, राजनीतिक, निर्वाचन तथा नीतिनिर्माणका पक्षहरुको सुचना सामग्रीमा पनि युवाहरूको पहुँच बढ्दो रहेको सञ्जालले बताएको हो । 

युवा निति सञ्जालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेको थियो । जहाँ बढ्दो युवा राजनीतिक चेतनाको विषयमा छलफल गरिएको थियो । 

निर्वाचनमा युवाहरूको सहभागिताको पृष्ठभूमिमा नेपालको लोकतन्त्रलाई सुदृढ गर्न, राजनीतिक नेतृत्वले युवा आवाज र आकांक्षालाई बुझ्नु राज्यले यथोचित सम्वोधन गर्नुपर्नेमा जोड दिइएको छ । 

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार राजनीतिक सचेतना र सक्रिय मतदानको सन्दर्भमा, विभिन्न प्रदेशहरूमा युवाहरूको सहभागिता फरक–फरक रहेको छ । 

‘उदाहरणका लागि, मधेशका युवाहरू सातै प्रदेशहरूमध्ये राजनीतिक रूपमा सबैभन्दा सक्रिय भए पनि सक्रिय मतदानको दृष्टिकोणले कर्णाली र गण्डकीपछि तेस्रो स्थानमा पर्छन् ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise