२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

विपद् व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : मेयर साह

Nada
२०८१ असोज १२ गते १२:१६
Shares
विपद् व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : मेयर साह

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले वर्षाले सिर्जना गरेको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको बताएका छन् ।

ncell

निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको जानकारी दिइएका छन् ।

टोलीहरू डुवान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको उनको भनाई छ ।

उनले भनेका छन् -‘वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडीबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौँ । यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व हो । आवश्यक सतर्कता अपनाऔँ । विपद् सामना गर्न पूर्व तयारी गरौँ ।’

काठमाडौँ महानगरपालिकाका हटलाइन नम्बर १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन उनले आग्रह गरेका छन् । साथै आपत्कालीन अवस्थाहरूमा अस्पताल जानु परे नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न पनि मेयर साहले आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर