काठमाडौं : साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज आयोजक नेपाल र भुटान भिड्दै छन् । समुह एमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल काठमाडौं हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा दिउसो तीन बजे हुने छ ।
भुटानलाई हराउदै नेपाल सेमिफाइनलमा पुग्ने प्रयासमा छ । समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग एक–एकको बराबरीमा रोकिएका थिए । समुह चरणमा माल्दिभ्स र नेपालको समान एक अंक छ । नेपाल प्रतियोगिताका अघिल्ला दुई संस्करणको विजेता हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies