२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु

Nada
२०८१ असोज १२ गते १५:५२
Shares
वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु

पाटन : वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपद्को उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् ।

ncell

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्यांकअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी बलपरिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिनुभएको जानकारी अनुसार हालसम्म महांकाल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् । प्रहरी उपरीक्षक अधिकारीले दिनुभएको जानकारी अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

ताजा खबर

सम्बन्धित खबर