दोलखा : दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको(सडक निर्माण डोजर) ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिए ।
मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा३क १२०६ नंको जेसिबी ब्याक लोडर सिङ्गटी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies