काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन् । आज काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै उनले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने बताएका हुन् ।
गृहमन्त्री थापाले सिंगो मुलुकनै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढेकाले पनि यातायात क्षेत्रमा समस्या देखिएको बताए ।
मन्त्री थापाले काठमाडौं उपत्यकाको बढदो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पनि आग्रह पनि गरे । विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धि समस्या पनि स्वतः घटेर जाने उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies