काठमाडौं : कतार एयरवेजले चाइना साउदर्न् एयरलाइनसँग जनवरी २०२० देखि सुरु हुने गरी कोडशेयर सम्झौता गरेको छ ।
यी दुई एयरलाइनबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो । कतार एयरवेजले गत डिसेम्बर २०१८ मा चाइना साउदर्न् एयरलाइनको ५ प्रतिशत शेयर खरिद गरेको थियो ।
यस सम्झौता पश्चात् अब चाइना साउदर्न् एयरलाइनका यात्रुहरुले ग्वाङ्जाओदेखि दोहा र दोहादेखि बेइजिङसम्मको कतार एयरवेजको उडानको बुकिङ गर्न सक्नेछन् । कतार एयरवेजले २००३ मा पहिलो पटक दोहादेखि शङ्घाईसम्मको उडानको सुरुवातबाट चाइनाको उडान सेवा गरेको थियो । हाल कतार एयरवेजले शङ्घाई, बेइजिङ, ग्वाङ्जाओ, हाङ्जाओ, चोङ्किङ, चेङ्डु र हङकङ गरी ४५ साप्ताहिक उडान सञ्चालन गर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies