२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कोसीमा पानीको बहाव घट्दै

Nada
२०८१ असोज १३ गते १६:२१
Shares
कोसीमा पानीको बहाव घट्दै

सप्तरी : कोसीमा पानीको बहाव घट्न थालेको छ । कोसी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो ।

ncell

करिब छ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको गति आज बिहानदेखि कम भएर छ लाख ४३ हजार रहे पनि अहिले खतरा भन्ने उच्च नै रहेको छ । ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द नै छ ।

शनिबार राति कोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको थियो । बाढीको बहाव उच्च भएपछि कोसीमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

कोसी ब्यारेजमा पानीको बहाव बढेपछि शनिबार ब्यारेजको सुनसरीतर्फ नहरका दुई र सप्तरीतर्फ नहरका दुई गरेर ५६ वटै ढोका खोलिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर