एजेन्सी : बार्सिलोनाका कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित भएका छन् । फिफाले गएराति इटालीको मिलान मेस्सीलाई अवार्ड प्रदान गरेको हो । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भान डाइकलाई पछि पार्दै मेस्सी सन २०१८ को उत्कृष्ट खेलाडी भएका हुन् ।
मेस्सीले फिफा अबार्ड छैटोपटक प्राप्त गरेका हुन । महिलातर्फको उपाधि मेगान रापिनोईले जितिन् । पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले र महिलातर्फको अवार्ड जिल एलिसले जिते । वर्षको उत्कृष्ट गोलका लागि दिइने पुस्कास अवार्ड हंगेरीका अठार बर्षि खेलाडी डानियल जेसोरीले प्राप्त गरे ।
महिला गोलकिपर अवार्ड एथ्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेका छन् । लिभरपुलका गोलकिपर एलिसन बेकर फिफा वर्ष खेलाडी घोषणा भए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies