२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई ३ महिना कैदको फैसला, माफी मागेपनि ७ दिन बस्नै पर्ने

Nada
२०८१ असोज १३ गते २०:११
Shares
सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई ३ महिना कैदको फैसला, माफी मागेपनि ७ दिन बस्नै पर्ने

काठमाडौं : सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ ।

ncell

आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो ।

यदि अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइाकेलले जानकारी दिए ।

‘त्यस्तो कार्य नदोहोर्‍याउने लिखित प्रतिबद्धता व्यक्त गरेमा निजहरूलाई ठहरेको कैदमध्ये ७ दिनमात्रै थुनामा राखेर सो बाहेकका बाँकी कैद तत्काल निलम्बन गरिदिने, यदी क्षमायाचना नगरेमा वा पुन: त्यस्तो कार्य नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त नगरेमा तोकिएको पुरै सजाय भोग्नुपर्ने साथै निजहरू उपर भविष्यमा अन्य कुनै मुद्दाबाट अदालतको अवहेलनाको कसुर ठहर भएमा हाल निलम्बित कैद समेत थपी कार्यान्वयन गर्नू भनी अभिलेख राख्नू,’ फैसलामा भनिएको छ ।

प्रवक्ता कुइकेलका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । त्यस्तै सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाइएको छ । 

सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो । 

यसरी समाचार प्रसारण भएपछि झुटो भन्दै सर्वोच्चमा रिट परेको थियो । 

ताजा खबर

सम्बन्धित खबर