२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

नेपाल–दक्षिण कोरिया सम्बन्धको ५०औं वर्षः डिजिटल कला प्रदर्शनी

ADV
मध्यान्ह
२०८१ असोज १३ गते २१:०६
नेपाल–दक्षिण कोरिया सम्बन्धको ५०औं वर्षः डिजिटल कला प्रदर्शनी

काठमाडौं : गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं स्वर्ण जयन्तीको अवसरमा शुक्रबारदेखि कोरियाली डिजिटल कला प्रदर्शनी आयोजना गरेको छ । नेपाल कला परिषद बबरमहलमा आयोजित प्रदर्शनी मंगलबारसम्म सञ्चालन हुनेछ । 

शनिबार उद्घाटन भएको प्रदर्शनी कार्यक्रमले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको महत्वलाई थप उचाइ दिएको छ । दूतावासले आयोजना गरेको कार्यक्रममा प्रमख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि प्रसाद पाण्डेले स्वागत मन्तव्यका क्रममा कोरिया र नेपालबीचको सम्बन्ध अतिविशिष्ठ रहेको र अन्य मुलुकसँग तुलना गर्न नमिल्ने बताए । 

त्यसैगरी दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बनाउने धारणा राखे । नेपालको सामाजिक आर्थिक विकास सम्वन्धमा, कोरियाले शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत क्षेत्रमा पु¥याएको योगदानलाई उच्च सम्मान व्यक्त गरे । 

मन्त्री पाण्डेले कोरियाले हाल ५० हजार भन्दा बढी नेपालीलाई रोजगार उपलब्ध गराएर नेपालको विद्यमान बेरोजगार समस्या समाधानमा सहयोग गरेकोमा कोरियाली सरकारलाई धन्यवाद दिए । 

प्रत्येक वर्ष दुई करोड भन्दा बढी कोरियाली पर्यटकहरू विश्वमा घुम्ने गरेको र त्यसमध्ये नेपालमा आउने कोरियाली पर्यटकको संख्या तुलनात्मक रुपमा उल्लेख्य नभएता पनि हाल नेपाल भ्रमण गर्ने कोरियाली पर्यटक १० वटा देशमध्ये परेको उल्लेख गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको उल्लेख गरे । उनले ‘हाल कोरियामा करिब ५० हजार हाराहारी नेपाली कामदार कार्यरत रहेको जानकारी गराए ।

त्यसैगरी कोरिया र नेपालबीचका समानताको विषय पनि उल्लेख गरे । यस्तै किसिमका डिजिटल कला प्रदर्शनी जस्ता कार्यक्रमले दुई देशका जनतालाई आत्मीय बनाउन सहयोग पुग्ने धारणा राखे । डिजिटल कला प्रदर्शनी कार्यक्रम आगामी मंगलबारसम्म सर्वसाधारणका लागि खुला गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise