२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

अदालतको अवहेलना ठहर : सिधाकुराका सम्पादक र प्रकाशकलाई कैद सजाय

ADV
मध्यान्ह
२०८१ असोज १४ गते ०६:४५
अदालतको अवहेलना ठहर : सिधाकुराका सम्पादक र प्रकाशकलाई कैद सजाय

काठमाडौं : सर्वोच्च अदालतले सिधा कुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशको समेत नाम राखेर सिधा कुरा डटकमले समाचार र समाचारजन्य सामग्री सम्पेष्ण गरेको थियो । त्यसमाथि प्रश्न उठाएर सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो । 

उक्त मुद्दामाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय पूर्ण इजलासले आइतबार फैसला सुनाएको हो । 
फैसलामा सिधा कुरा नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरुले अदालतको मानहानी गरेको ठहरसहित सजाय तोकिएको छ । 

अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकिएको छ । सिधाकुरा डटकमका प्रकाशक युवराज कडेँल र सम्पादक नविन ढुंगानालाई तीन÷तीन महिना कैद सजाय सुनाएको छ ।

युवराज कँडेल र नविन ढुंगानाले अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले तीन/तीन महिना कैद सजाय तोकिएको बताइएको छ ।

उनीहरुले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने फैसलामा उल्लेख छ । 

सीधा कुरा अनलाइनलाई पाँच हजार जरिवाना तोकिएको छ । अनलाइनबाट लिखित माफी मागेमा उक्त जरिवाना माफी हुनेछ ।

सिधाकुरा डटकमले ‘द डार्क फाइल’ नाम दिए समाचार र समाचारजन्य सामग्री सम्प्रेषण गरेको थियो । जहाँ अख्तियारको स्टिङ अप्रेसनवाला मुद्दाका अभियुक्तहरुलाई सफाइ दिलाउने भन्दै कान्तिपुरका सन्चालक कैलाश शिरोहिया, अन्नपूर्णका रामेश्वर थापा, न्यायाधीश आनन्दमोहन भट्टराईलगायतको संवाद भनिएको अडियो समावेश थियो । उक्त अडिओ सही नभएको भन्दै सर्वोच्च अदालतले अदालतको मानहानी भएको ठहर गरेको हो । 

फैसलापछि सिधाकुराका सम्पादक ढुंगानाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् । 

‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कडेँल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ । प्रिय पाठक र स्रोताहरु हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ बिचलित हुने छैनौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise