२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

विपद् जोखिम न्यूनीकरण बैठक : खोज तथा उद्धारलाई तीव्रता दिने, ७ दिनभित्र अनुदान उपलब्ध गराउने

Nada
२०८१ असोज १४ गते ११:३२
Shares
विपद् जोखिम न्यूनीकरण बैठक : खोज तथा उद्धारलाई तीव्रता दिने, ७ दिनभित्र अनुदान उपलब्ध गराउने

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य विपद्मा परेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय गरेको छ । 

ncell

गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा बसेको बैठकले बेपत्ताहरूको खोजी र उद्धारलाई तीव्रता दिने निर्णय गरेको हो ।

राहत वितरणलाई पनि तीव्रता  दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । 

मनसुनजन्य प्रकोपका कारण बेपत्ता भएकाहरू १० दिनसम्म नभेटिएमा मृतकका परिवार समान राहत दिने निर्णय भएको सहसचिव तिवारीले बताए । 

अस्थायी आवास निर्माण गर्न प्रभावितहरूलाई ७ दिनभित्र अनुदान रकमको पहिलो किस्ता दिने निर्णय गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर