२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

राजमार्गमा खसेको ढुंगा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

ADV
मध्यान्ह
२०८१ असोज १४ गते ११:५६
राजमार्गमा खसेको ढुंगा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुंगा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुंगा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

ढुंगा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise