२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

धादिङ र काभ्रेका सीडीओलाई गृह मन्त्रालय तानियो, धादिङका प्रहरी प्रमुख पनि हेडक्वाटर तानिए

ADV
मध्यान्ह
२०८१ असोज १४ गते १२:१६
धादिङ र काभ्रेका सीडीओलाई गृह मन्त्रालय तानियो, धादिङका प्रहरी प्रमुख पनि हेडक्वाटर तानिए

काठमाडौं : गृह मन्त्रालयले धादिङ र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई केन्द्र (मन्त्रालय)मा तानेको छ । 

धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

धादिङमा यसअघि राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए । 

विपद्‌बारेको पूर्वसूचना हुँदाहुँदै सवारीसाधन सञ्चालनमा रोक नलगाएको, तत्काल उद्धार कार्यमा समेत प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै उनीहरुलाई मन्त्रालय तानिएको हो ।

यस्तै प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका प्रहरी प्रमुख एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।

बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise