२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ थान उजुरी दर्ता

ADV
मध्यान्ह
२०८१ असोज १४ गते १२:३२
प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ थान उजुरी दर्ता

काठमाडौँ : सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ थान उजुरी दर्ता भएको छ । संसद् सचिवालयका अनुसार प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी दर्ता भएका हुन् ।

दुवै सदनको संयुक्त समितिमा कुल ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधान न्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेका छन् ।

गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो ।

असोज ३ को समितिको बैठकले प्रधानन्यायाधीश सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो ।
 

ADVADV

सम्बन्धित खबर

Advertise