२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

ADV
मध्यान्ह
२०८१ असोज १४ गते १३:४४
महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

बैतडीः महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् । शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल–भारत सीमा नजिक दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बसपार्क नजिकैबाट महाकालीमा लडेर बेपत्ता भएका थिए ।

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासि चिप्लिएर महाकाली नदीमा खखेका हुन् । बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ । साथै खोजीका लागि भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ । लगातारको वर्षाले महाकालीको बहाव बढ्नाका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रवक्ता ढुङ्गानाले बताए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise